क्षेप्यास्त्र आक्रमणमा परी १५ जनाको मृत्यु

74

काठमाडौँ । इजरायलले आज बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । आक्रमणका कारण एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सन् २०११ मा सिरियमा युद्ध शुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हेज्बुल्लाह लडाकु समूह रहेका स्थानलाई लक्षित गरेर इजरायलले आक्रमण गर्दै आएको छ ।

इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअुनसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भउको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।