‘अहिलेको राजनीति स्थिति फेर्न अनेक शक्ति क्रियाशील छन्’

229

काठमाडौं । नेकपा एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको बताएका छन्। मंगलबार काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन उद्घाटनमा बोल्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्ने बताए।

‘हामीले तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनायौं। त्यो देखेर धेरै साथीहरू प्रशन्न हुनुहुन्छ। प्रशन्न हुनु पनि पर्छ। तर भोलि यो स्थिति फेरियो भने‘’ उनले भने,‘राजनीतिमा धेरै उतारचढाव हुन्छ। अहिले पनि देशभित्र र बाहिरका अनेक शक्ति यहाँ स्थिरता हुन नदिन र देशलाई बर्बाद पार्न क्रियाशील छन्।’

आफू सरकारमा हुँदा नेकपाभित्रकै मानिसहरूका कारण नेकपा फुटेको उनले बताए। ‘त्यतिबेला हामीलाई बाहिरबाट प्रहार भयो। भित्रबाट पनि धेरै प्रहार भयो,’ ओलीले भने,‘जसरी विभिषण नभएको भए रामले रावणलाई पराजित गर्न सक्ने थिएनन्। त्यसैगरी एमालेभित्र पनि त्यस्ता केही मानिस नभएको भए उनीहरू पराजित गर्न सक्दैनथे होला।’ -setoapti