काठमाडौं । यातायात व्यावसायी र मजदुरको आन्दोलनका नाममा सोमवार राजधानीको नयाँ बसपार्क क्षेत्रमा भएको “आगजनी, तोडफोड र लुटपाट” को घटनालाई सुरक्षा मामिलाका विज्ञहरूले “दण्डहीनताको उग्र रूप” भनेर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका भनाइमा उक्त घटनाले “सुरक्षा निकायमाथिको चरम राजनीतिकरणले सुरक्षाकर्मीको मनोबल व्यापक गिरेको अवस्था”लाई समेत उजागर गरेको छ।
यातायात व्यवसायी र मजदुरहरूले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै “त्यसको कारण नयाँ बसपार्क निर्माण, सञ्चालन तथा व्यवस्थापनमा संलग्न” कम्पनी भएको आरोप लगाएका छन्। प्रहरीले भने आफ्नो तर्फबाट उक्त घटनाको “अनुसन्धान गरिरहेको” बताएको छ।
घटनाको कारण
यातायात मजदुरहरूले गत माघ अन्तिम सातादेखि विभिन्न माग राखेर विरोध प्रदर्शन गरिरहेका थिए।उनीहरूको आन्दोलनलाई यातायात व्यवसायीले समेत समर्थन गरेका थिए।मजदुरहरूले राखेका मागमा बढाइएको ट्राफिक जरिबाना फिर्ता, निलम्बित लाइसेन्स फुकुवा र प्रदूषण जाँचमा दोहोरो शुल्क हटाउनुपर्नेलगायत थिए। तर यातायात तथा मजदुरहरू मुख्य रूपमा काठमाण्डू उपत्यका बाहिर जाने सबै सवारीसाधनलाई नयाँ बसपार्कबाटै पठाउन काठमाण्डू महानगरपालिका र ट्राफिक प्रहरीले गरेको कडाइमा असन्तुष्ट देखिएका थिए।
नेपाल निर्वाचनस् स्थानीय तहको निर्वाचन पछि काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको कस्तो छ अपेक्षारु
यसैबीच आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा ती विषयहरूमा सरोकारवालाबीच छलफल चलाउँदै जाने सहमति बनेको थियो। त्यसबारे जानकारी दिने उद्देश्यले काठमाण्डू बसपार्कमा एउटा कार्यक्रम राखिएको र बसपार्कको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीका केही व्यक्तिहरूले उक्त कार्यक्रम “बिथोल्ने प्रयास” गरेपछि स्थिति बिग्रिएको मजदुरहरूको आरोप छ।
यद्यपि प्रहरीले उक्त विषयमा “अनुसन्धान जारी रहेको” बीबीसीलाई बताएको छ। मजदुरहरूले आरोप लगाएको कम्पनीले भने त्यसबारे हालसम्म सार्वजनिक रूपमा आफ्नो धारणा बताएको छैन। -बीबीसी














