माया, प्रेम र सेक्स !

368
photo-google

काठमाडौं । विगतको प्रेम अलग थियो, टाढैबाट हेरेर आत्म सन्तुष्टी लिन्थे, प्रेमि–प्रेमिकाले । अहिलेको प्रेम जमानासँगै बदलिएको छ, छिट्टै शारीरिक सम्पर्कसम्म पुग्छन्, युवा–युवती । अर्थात्, इन्स्ट्यान्ट जमानाको प्रेम । पहिले सेक्स अनि मात्र प्रेम बस्यो कि बसेन भनेर विश्लेषण । तर, त्यही उदारताको आग्रहले कतिको प्रेम सधैंका लागि टुक्रिएको छ । थोरै मात्र स्थायी सम्बन्धमा पुगेको देखिन्छ ।

‘केटाहरु सेक्सका लागि प्रेम गर्छन् रे, केटीहरु चाहीँ “ प्रेम पाउन सेक्स।’ धेरैजसो केटाहरु सेक्सकै लागि प्रेमको नाटक रच्छन् । जब उनीहरुको इच्छा पुरा हुन्छ अनि ब्रेक अप भन्छन् । प्रेम, सेक्स र ब्रेकअपको खुब सुनिन्छ टिनएज पुस्तामा ।दुई आत्माको संगम भएको हुनाले प्रेम यौनमय भयो भने सुनमा सुगन्ध हुन्छ । यो प्राकृतिक नियम पनि हो र स्वभाविक पनि हो । यसले एक–अर्कासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । अझ बढी आत्मीयताको आभास हुन्छ । यसले जीवन जिउनका लागि उत्साह–उमंग थपिदिन्छ । यो आधारभुत आवश्यकता पनि हो । त्यसको पूर्तिका लागि विश्वासिलो, अत्यन्तै प्रिय मानिस उपलब्ध हुनुपर्छ । आफूलाई माया गर्ने, मन पराउने, साथ दिने मानिस हुनुपर्छ । प्रेमसँगै यौनसम्पर्क भयो भने त्यो दीर्घकालीन हुन्छ, त्यो माया, सम्बन्ध अझ प्रगाढ हुन्छ । मायाको सुन्दर संसार बनाउन प्रेममा यौन जरुरी छ । आपसी समझदारी, विश्वसनीयता, गोपनीयता तथा आत्मीयता हुनुपर्छ । त्यति भए सम्बन्ध प्रगाढ हुन्छ ।

प्रेमसहितको यौन अमूल्य हुन्छ । कतिपय यौनसम्पर्कमा प्रेम नहुन पनि सक्छ । त्यो आकर्षण मात्र हो । त्यसमा रूप, बनावट अनि पहिरनको प्रशंसा गरिन्छ । साँचो प्रेममा एक–अर्काको खुसी र भलाइ हुन्छ । समर्पण हुन्छ, त्याग हुन्छ । कतिपय अवस्थामा उसको खुसीका लागि सबै थोक गरिन्छ । हरेक कुरामा त्याग गरिन्छ । माया गरेको मानिसका लागि सबै थोक गरिन्छ । उसका स–साना कुराको ख्याल गरिन्छ । सम्झौता गरिन्छ । जसरी पनि उसलाई खुसी र सुखी तुल्याउन खोजिन्छ ।

कतिपयको धारणा प्रेममा यौनसम्पर्क अपरिहार्य छैन, बिलकुल छैन । प्रेममा यौनसम्पर्क हुँदै हुँदैन भन्नेचाहिँ छैन । प्रेममा लिने भन्दा पनि दिने गरिन्छ, तर अहिले स्वार्थ अनि सर्तको विनिमयलाई प्रेम मानिन्छ । कतिपयले यौनसम्पर्क गरेपछि मात्र प्रेम भएको मान्छन् । कतिपय अवस्थामा प्रेममा यौनसम्पर्क हुन पनि सक्छ, तर अनिवार्य हुँदैन । यौनसम्पर्क वासनाले भरिएको हुन्छ तर प्रेममा वासना हुँदैन । यौनसम्पर्कमा प्रेम छ कि छैन भन्ने कुरा मुख्य हो । प्रेमको गहन अवस्थामा यौनसम्पर्कले प्रवेश पाउन सक्छ, तर यदि त्यो यौनसम्पर्कमा प्रेम छैन भने, यौनसम्पर्क पनि सकिन्छ, प्रेम पनि सकिन्छ ।

धेरै मानिसले प्रेममा शरीर मात्र खोज्छन् । प्रेम भनेको भावनात्मक कुरा हो । अचेलको प्रेम गर्ने शैली केवल शरीर र मनको तहमा मात्र सीमित भैरहेको छ । मनोविज्ञानको भाषामा भन्ने हो भने आमपुरुषले प्रेममा यौनसम्पर्क चाहन्छ, तर महिलाहरू प्रेमका लागि यौनसम्पर्क गर्छन् । प्रेममा सेक्स अनिवार्य होइन तर भएको राम्रो भन्ने मान्यता छ । तर, आजकलका प्रेमि–प्रेमिका ुफास्ट फरवार्डु छन् । यस पाटोमा केटीहरू पनि कम छैनन् । डेट जाने, सेक्समा संलग्न हुने । यस पाटोलाई चाहीं विकृतिको रुपमा देख्न सकिन्छ ।

पहिले–पहिले केटा–केटी आपसमा बोलेको मात्र देख्दा पनि उनीहरूको लभ परेछ भनिन्थ्यो । त्यसताका पनि प्रेमको अस्तित्व नभएको होइन तर ती लुप्तप्रायः हुन्थे । अहिले केही खुला भने भएको छ ।