काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप जिपका चालक गणेश कार्की, मोटरसाइकल चालक अङ्कित भट्टराई र सुमन रावत छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानीलकण्ठले गरेको आकस्मिक चेकजाँचमा ३ जनाले लागूऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।