काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो ।
माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने जनाइएको छ ।