काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङ्ग्य गरेका छन्।
उनले आइतबार संसद्को विशेष समयमा बोल्दै भने, ‘नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ। त्यसैले काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ।’