काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ ।देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ ।
२०७९ माघ १८ गते (बुधबार)
दिउँसोː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ १९ गते (बिहीबार)
दिउँसोː कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसोː देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै तराईका भूभागहरुमा विहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।