एक युवक झुन्डिएको अवस्थामा मृत फेला

125

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० रत्न राजमार्गकाको इत्राम खोलाको पुलमा एक युवक मृत फेला परेका छन् । उक्त युवक पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।