भारतभन्दा नेपालमा कम भोकमरी

42

काठमाडौं । विश्व भोकमरी सूचकाङ्‍कमा दक्षिण एशियामा नेपाल अन्य मुलुकको तुलनामा माथि देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ ।

कुन वर्ष नेपालले कति अंक पायो ?

  • सन् २००० : ३७.०
  • सन् २००७ : ३०.०
  • सन् २०१४ : २१.२
  • सन् २०२२ : १९.१

बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०.९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।