माओवादी बैठकमा महराले गरे पार्टी एकताबारे ब्रिफिङ

69

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरूसँग भएका पछिल्ला प्रयासहरूबारे ब्रिफिङ गरेका हुन् ।