गृहमन्त्री लामिछानेको मुद्दामा सकियाे बहस, न्यायाधीशहरु छलफलमा

45

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा बहस सकिएपछि न्यायाधीशहरु छलफलमा बसेका छन्। न्यायाधीशहरु खाजाको समयमा पनि छलफलमा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो।

शुक्रबार विवादको अन्तिम सुनुवाइ भएकाले आजै फैसला आउने सम्भावना छ। यसअघि गत बुधबार मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।