भारतीय सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई साढे चार करोड

29

काठमाडौँ । भारतको ७४ औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका छन् ।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे । दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ ।कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो । दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।