काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएको छ। आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।
यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ जारी गरेको हो।
यो मध्ये १०५ अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५५ अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।
बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो। सीडीएसका अनुसार बुधबार माघ ११ गतेसम्म यस कम्पनीको आइपीओमा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन्।














