काठमाडौँ । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरू ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् । कुलेश्वर अटो व्यवसाय सङ्घले काठमाडौँ महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् ।
उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।
‘महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए । उनीहरूको ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध गर्ने कार्यक्रम रहेको छ । उनीहरूले ट्राफिक आतङ्क पनि बन्द गर्न भन्दै नाराबाजी गरेका छन् ।