काठमाडौँ । आज सोमबार कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ ।
यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।













