उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने निर्णय

34

काठमाडौँ । सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

पुस अन्तिम साता मात्रै सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सिङ्गो प्रशासन संयन्त्रलाई सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको तादात्म्य कायम गराउन आयोग गठन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको थियो ।