उपसभामुख रानामगरको शपथ आज

17

काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले आज शपथ ग्रहण गर्दैछिन्। आज साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्। बिहीबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका थिए। झापाको अर्जुनधारा नगरपालिका-११ स्थित देउनियाँ बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।