हत्या अभियोग लागेका कोइरी बैठकमा सहभागी, काँग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

57

काठमाडौँ । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि काँग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, ‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।’