काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।
मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरूले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।