काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। बुधबार बिहान देउवा, नेपाल र यादवबीच सभामुख चयनकाे पूर्वसन्ध्यामा भेटवार्ता भएकाे हाे।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ। जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको छ।
देउवाले सभामुख र राष्ट्रपतिकाे चुनाव लगायतकाे विषयमा नेपाल र यादवसँग छलफल गरेका हुन्। अहिले नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेकाे छ। आज बिहान ९ बजे बाेलाइएकाे बैठक केही ढिलागरी सुरु भएकाे हाे। बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने कि नदिने बारेमा निर्णय गरिने एक नेताले जानकारी दिए।