यौन स्वास्थ्य । यौन कामना, पीडा र यौन आनन्दको उच्चतम विन्दुमा पुग्नु नै यौन चरम उत्कर्षमा पुग्नु हो । यौन जोडी दुवै वा एक मात्रै पनि चरम उत्कर्ष पुग्न सक्छन् । समलिंगी, अन्तरलिंगी तथा तेस्रो लिंगीमा यौन प्रक्रिया र अनुभव फरक–फरक हुन्छन् । यौन उत्कर्ष भनेको कुनै खेल खेल्दा गोल गरिसकेको छोटो समयको आनन्द जस्तै हो । पुरुषको वीर्य स्खलन हुनुभन्दा ठ्याक्कै अगाडिको समयमा चरम उत्कर्षमा पुग्छन् । चरम उत्कर्षको समय अत्यन्तै आनन्दको समय हो ।
उत्कर्षमा अनुभव
चरम उत्कर्षमा पुग्नका लागि यौन जोडीको सहभागिता र सक्रियता जरुरी हुन्छ । यौन जोडीमध्ये एक जना सक्रिय र अर्को निस्क्रिय भएको खण्डमा यौन उत्कर्षमा पुग्न सकिँदैन । यौन उत्कर्षका लागि सफल यौन क्रीडा र यौन सम्पर्क हुन जरुरी छ ।यौन क्रीडा तथा यौन सम्पर्क गर्दा यौन जोडी सामान्यतः फरक–फरक समयमा चरम उत्कर्षमा पुग्छन् । संयोगवश दुवै एकै पटक पनि चरम उत्कर्षमा पुग्न सक्छन् । चरम उत्कर्षमा पुग्ने र पु¥याउने अवस्था यौन जोडीको शारीरिक तथा मानसिक स्वास्थ्यमा भर पर्छ ।
यौन तथा यौन क्रीडामा चरम उत्कर्षमा पुग्न अनुभवको ठूलो भूमिका हुन्छ । जति धेरै यौन अभ्यास हुँदै गयो, त्यति नै एकले अर्काको चाहना, इच्छा र यौन क्रीडा बुझ्न सकिन्छ । त्यसैअनुसार क्रमबद्ध योजना बनाई यौन क्रीडा तथा यौन सहजता हुँदै जान्छ ।असहज परिस्थिति, शारीरिक तथा मानसिक स्वास्थ्य अस्वस्थतामा यौन दुर्बलता हुँदै जान्छ । यौन दुर्बलताले यौन जोडी बीचमा एकआपसमा सशंकित हुने, शंका गर्ने र यौन क्रीडामा समस्या आउन त सक्ने नै भयो, यौन उत्कर्षको परिकल्पना पनि गर्न सकिँदैन ।
यौन उत्कर्षमा पुग्न नसक्नुको कारण धूमपान, मद्यपान तथा लागू औषधको दुव्र्यसन पनि हो । आनन्दित यौन तथा यौन क्रिडाका लागि धूमपान, मद्यपान तथा लागू औषधको दुव्र्यसनी त्याग्नु नै उचित हुन्छ ।दीर्घरोग लागेका जोडीमा यौन तथा यौन क्रीडामा समस्या हुन्छ । रोग लागेको अवस्थामा यौन तथा यौन क्रीडाप्रति वितृष्णा बढ्दै जान्छ ।
उत्कर्षको संकेत
फरक–फरक भूमिकामा यौन उत्कर्षमा पुग्ने र नपुग्ने दुवै जोडीको महŒवपूर्ण भूमिका हुन्छ । यस आनन्दायी क्रीडामा दुवै जना स्वर्णिम आनन्दको डुङ्गामा सयर गर्न जरुरी छ । यौन भाषा, चाहना, चिह्न र लक्षण फरक–फरक हुन्छन् । यौनिक भाषा, यौन क्रीडा, यौन उत्कर्षलाई एउटैमा राख्न हुँदैन ।
महिलाको यौन उत्कर्ष हाउभाउ, महिलाको सक्रियताले थाहा हुन्छ । यौन सम्पर्क गर्दा महिलाको यौनिक ९योनिको० मांशपेशीले पुरुषको लिंगलाई च्याप्प समातेको अवस्थामा महिला चरम उत्कर्षमा पुगेका हुन्छन् । यस्तोमा साह्रो गरी लिंग च्यापिन्छ । योनिले लिंग च्यापिने यो अवस्था बढीमा पाँच सेकेण्ड हुन्छ । योनिले लिंग च्याप्नु नै महिलाका लागि अन्तिम चरम उत्कर्ष हो ।
कतिपय यौन जोडी यौन क्रीडा (चल्ने, खेल्ने) गर्दा नै चरम उत्कर्षमा पुगेका हुन्छन् । अनुभवको कमीका कारण कतिपय यौन जोडी यौन क्रीडामा मात्रै सीमित हुन्छन् ।यौन सम्पर्क गर्दा चरम उत्कर्षमा पुगे–नपुगेको बारेमा थाहा पाउने केही प्रमुख संकेत तथा लक्षण हुन्छन् । मुखबाट र्याल बग्ने, नाकबाट पातलो सिँगान बग्ने र नाडीको चाल द्रुत गतिमा बढ्नु चरम उत्कर्षमा पुगेको लक्षण तथा संकेत हुन् । यी लक्षण दुवै यौन जोडीमा लागू हुन्छ । यौन सम्पर्कको समयमा यस्ता संकेत तथा लक्षण देखिएनन् भने न त चरम उत्कर्षमा पुग्न सकिन्छ न त यौन आनन्द नै हुन्छ ।
सामान्यतः पुरुष माथि र महिला उत्तानो परेर तल भएर यौन सम्पर्क तथा यौन आसन हुन्छ । स्वभावैले प्राकृतिक तथा गुरुत्वाकर्षणका कारण ¥याल माथिबाट तल बहने भएकाले पुरुष चरम उत्कर्षमा पुगेको महिलालाई थाहा हुन्छ ।महिला तल उत्तानो भएर यौन सम्पर्क गरिने यौन आसनमा पुरुषले महिला चरम उत्कर्षमा पुगेको संकेत तथा लक्षण थाहा पाउन कठिन हुन्छ किनभने यस्तो आसनमा महिलाले र्याल सिँगान भित्रै निल्न सक्छन् ।
विशेषगरी यौन सम्पर्क गर्दा महिलाले पुरुषको ढाडमा च्याप्प समाउँछन् भने यौन उत्कर्षमा पुग्दै जाँदा पुरुषको तिघ्रा भन्दा माथिको भाग९पुठ्ठा० मा च्याप्प समाउँछन् । अँगालो मारेर पुरुषको तिघ्राभन्दा माथिको भागलाई दुवै हातले च्याप्प समाएर दबाएर लिंगलाई थोरै भए पनि योनिभित्र पसाउन सफल हुन्छन् ।
एकैसाथ उत्कर्षमा पुग्नु सौभाग्य
आवेश र उत्तेजनाको कारणले पुरुषभन्दा महिला यौन उत्कर्षमा पुग्न बढी सफल हुन्छन् । सामान्यतः यौन सम्पर्क गर्दा पुरुषको लिंग ठाडो हुने र स्खलनको तयारी अवस्थाका साथै महिलाको यौनिक मांशपेशीले लिंग कडासँग पक्रिने तथा च्याप्ने अवस्थामा दुवै यौन जोडी चरम उत्कर्षमा पुग्छन् । यौन जोडीमध्ये एक जना चरम उत्कर्षमा पुग्दैमा अर्को पनि चरम उत्कर्षमा पुगेको छ भनेर सोच्नु गलत हो ।
यौन जोडी दुवै एकैपटक चरम उत्कर्षमा पुग्नु ठूलो सौभाग्यको कुरा हो । जोडीमध्ये एक व्यक्ति मात्रै उत्कर्षमा पुग्नुलाई पनि सौभाग्य नै मान्नुपर्ने हुन्छ । जोडीमध्ये एकलाई नै उत्कर्ष भए पनि त्यसलाई आनन्दको रुपमा स्वीकार्नु राम्रो हो । दुवै एकै पटक चरम उत्कर्षमा पुग्ने जोडी कमै हुन्छन् । त्यसैले यौन सम्पर्क गर्दा अनावश्यक प्रतिस्पर्धा गर्नाले यौन जोडी बीचको सम्बन्धमा चिसोपना, शंकाको भावना पैदा हुनुका साथै सम्बन्ध विच्छेद हुने सम्भावना हुन्छ ।
फरक शरीर, फरक अनुभूति
व्यक्तिको शारीरिक, मानसिक अवस्था तथा बानी व्यवहार फरक–फरक हुने भएकाले दुवै एकैचोटी चरम उत्कर्षमा पुग्ने तारतम्य नमिल्न सक्छ । यसलाई नकारात्मक रुपमा लिनु हुँदैन ।
पुरुष पनि चरम उत्कर्षमा नपुगी स्खलित हुन सक्छन् । यौन सम्पर्कपछि पुरुषको वीर्य योनिभित्र स्खलन भए पनि महिला चरम उत्कर्षमा नपुग्न सक्छन् । यो शारीरिक तथा मानसिक अवस्थामा भर पर्ने कुरा हो । हाम्रोजस्तो पुरुष प्रधान समाजमा महिलाको यौन आनन्द तथा यौन क्रीडालाई कम महत्व दिएको पाइन्छ । जुन गलत हो ।
यौन तथा यौन क्रीडामा दुवै जोडी जति सक्रिय भयो, त्यति धेरै जीवन सफलदायी हुन्छ । त्यसैले भनिन्छ, यौन जीवनमै उत्तम जीवन हो । यौन जोडीले एकअर्काको सहभागिता तथा सहअस्तित्वलाई महत्व दिइयो भने गृहस्थ जीवनमा सफल हुने सम्भावना हुन्छ ।
व्यक्तिको यौन चाहना र यौन तृष्णामा हार्मोनको ठूलो भूमिका हुन्छ । पुरुषको पुरुषत्व टेस्टेस्टोरन, अक्सिटोसिन र महिलाको एस्ट्रोजेन, प्रोजेस्टोरेन एवं ल्युटेनाइजिङ हार्मोनको ठूलो भूमिका रहन्छ । पुरुषले यौन सम्पर्क गर्दा वीर्य स्खलनको अवस्थालाई रोक्ने क्षमताको विकास र महिलाले त्यसको अनुभूति गरी पुरुषलाई प्रदर्शन गराउनु नै चरम उत्कर्ष बिन्दु हो ।