दादुराबाट बालकको मृत्यु

78

काठमाडौँ । बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का साढे २ बर्षका बालकको हिजो मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

उनको उपचारको क्रममा मृत्यु भएको हो। केही दिन यता उपमहानगरपालिकामा दादुर रोग फैलिएको छ। ५,७ र ८ नम्बर वडामा दादुरा फैलिएको उनले बताए।

हालसम्म २४ जनामा दादुरा देखिएको स्वास्थ्यशाखा प्रमुख चन्दले बताए। उनीहरुमा ज्वरो आउने, जीउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग लगायत लक्षण देखिएको छ।