काठमाडौँ। उपप्रधानमन्त्री तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठ तथा राजदुत श्रीवास्तव बिच नेपाल र भारतको वर्षौँदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका तथा दुई देशबीचको द्विपक्षीय हित र विकासका विषयमा छलफल भएको जनाइएको छ ।