काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् ।
‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने । सरकारमा आफैं जाने/नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए । मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।













