काठमाडाैँ । रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने भएको छ। साेमबार बिहान बसेकाे पार्टीको बैठकले सभापति रविकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हाे।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति रविकाे नेतृत्वमा सरकारमा जाने निर्णय भए पनि कुन मन्त्रालयमा जाने भन्नेबारे भने अझै टुङ्गाे लागेकाे छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे समयसीमा अनुसार हिजाे पुस १० गते देशले नयाँ प्रधानमन्त्रीकाे रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाएकाे छ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज पद तथा गाेपनीयताकाे शपथ लिँदैछ। साथै, आजै सरकारमा सहभागी सबै दलका एक-एक जनालाई सहभागी गराएर सानाे मन्त्रिमण्डल तयार हुँदैछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो।