सरकारी सहभागी नहुने राप्रपाको निर्णय

114

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारमा सहभागी नहुने भएको छ। एमाले र माओवादीको अग्रसरतामा गठन हुन लागेको नयाँ सरकारमा राप्रपा नजाने भएको हो।

केही बेरअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले देशसञ्चारलाई जानकारी दिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको चार दलको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएको छ।

उक्त छलफलमा राप्रपा पनि केहीबेर सहभागी भएर बाहिरिएको थियो। उक्त सहमतिअनुरुप अध्यक्ष दाहाल आफूलाई प्रधानमन्त्री दाबी गर्दै आइतबार अपराह्न नै राष्ट्रपति कार्यालय जाने भएका छन्।