यस्तो छ तीन दिनको मौसम

28

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)
गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७९ पुस १० गते (आइतबार)
दिउँसोː सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७९ पुस ११ गते (सोमबार)
दिउँसोː मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस १२ गते (मंगलवार)
दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।