घट्यो नेप्से सूचक

27

काठमाडौँ । आज बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक १८६४.४१ विन्दुमा आएको छ।

यस अवधिमा ११ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १७ सय २६ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल २३ वटा कारोबार भएको हो। यो सेसनमा ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।