काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ।
आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले पुस ७ गते बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।
हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ बिक्री खुला गरेको हाे। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू बाट भने पुस ५ गतेपछि आवेदन लिन बन्द गरिएको थियो।
कम्पनीले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुले ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन्।