पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

73

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् ।

१ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ । यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । अन्तर्राष्ट्रिय उडानका यात्रु अब यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्छन् ।