नेशनल प्याब्सन लोकनृत्य प्रतियोगीतामा पारागन स्कुल प्रथम

60

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा प्यारागम एकेडेमी विजयी भएको छ । प्रतियोगितामा प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुदा इडेन गार्डेन स्कुलको खलो नृत्य ९माझी समुदायको पितृ उद्धार गर्ने० द्वितीय भएका थियो भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको थियो । त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका छ ।

नेशनल प्याब्सनका केन्द्रिय सहकोषाध्यक्ष बिक्रम ढुकुछुले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमुलक हुने बताए । कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेपाल लोक संस्कृतिको धनी देश भएकोले लोकसंस्कृति झल्कने नृत्यहरूलाई संस्थाले बिशेष प्राथमिकतामा राखी कार्यक्रमहरू गर्दै आएको बताए । खड्काले बिद्यार्थीहरूलाई यस्तो कार्यक्रमहरूमा सहभागी गराउँदा नेपाली मौलिक लोक संस्कृति संरक्षण सम्वर्द्धनमा टेवा पुग्ने बताए ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनका केन्द्रिय सदस्य जिबी खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवां लगायत भक्तपुर शाखाका पदाधिकारीहरूको उपस्थितीमा सम्पन्न कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई पदक तथा शील्ड वितरण गरिएको जानकारी जिल्लाका सचिव जयप्रकाश राईले बताए ।