Wednesday, October 7, 2026
Home समाज भारतबाट २२ जनाको उद्धार

भारतबाट २२ जनाको उद्धार

32

बेदकाेट । मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ।

२०५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो। जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ।

त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ। जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन्। सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ।

त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ। जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन्। सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ।

‘उद्धार गरिएका घटना हेर्दा धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ’, उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा बेचिन पुगेका छन्।’