२३ जना एसपीको काज सरूवाः राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा अधिकारी

103
photo: google

काठमाडौं । नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक ९एसपी० को काज सरूवा गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो। प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटबलमा सरुवा गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका विश्वराज खड्काको धनुषा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्जका नरेशराज सुवेदीको सर्लाही, कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगरका राजकुमार सिलवालको सिन्धुली र काठमाडौं उपत्यका प्रहरी कार्यालयका सन्तोषसिंह राठौरको बाँकेमा सरूवा भएको हो।त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका योगेन्द्र सिंह थापाको सुर्खेत र काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका देवेन्द्रबहादुर पालको कैलालीमा सरुवा गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुर्गाराज रेग्मीको जिल्ला प्रहरी कार्यालय झापामा सरूवा भएको छ।नेपाल प्रहरी पहरा गण सामाखुसीमा रहेका कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ।