एमाले अव‍सरवादी पार्टी हाे: खनाल

33

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले अव‍सरवादी पार्टी भएका कारण आफूहरूले विद्राेह गरेकाे बताएका छन्। उनले  साेमबार पार्टीकाे केन्द्रीय कार्यालय, आलोकनगर तीनकुनेमा नवनिर्वाचित सांसद्हरूलाई बधाई दिने कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्।

लामाे समय नेकपा एमालेमा आवद्ध रहेका तत्कालीन एमालेका वरिष्ठ नेता खनालले आफ्ना पूर्वसहकर्मी केपी शर्मा ओलीलाई लक्षित गर्दै दलहरू मिलेर जानुपर्ने भन्ने सन्देश आएकाे तर आफूहरू मिल्न तयार नभएकाे बताएका हुन्।

यसका साथै उनले अब आफूहरू सरकार बनाउने कुरामा केन्द्रित हुने बताएका छन्। वामपन्थी सरकार बनाउने कुनै
सम्भावना नभएकाे बताउँदै उनले अहिलेकै गठबन्धनकै सरकार बन्ने अवस्था रहेकाे बताए।

‘एमाले अवसरवादी हाे, त्यही भएर हामीले विद्रोह गरेका हाैँ। जनताले कसैलाई पनि पत्याएन। दलहरू मिलेर अघि बढ्नु पर्छ भन्ने सन्देश दिएका छन्। दलहरू सरकार बनाउन केन्द्रित हुनुपर्छ’, उनले भने,’ वामपन्थी सरकार बन्ने आधार छैन। एमाले सुधार भएको छैन। वामपन्थी सरकारको सम्भावना छैन। अहिलेकै गठबन्धनकै सरकार बन्ने अवस्था छ। नयाँ सरकार बनाउन आवाह्न भइसकेको अवस्था अब ७ दिनभित्र सरकार बनिसक्छ। अर्को ५ वर्षमा पहिलो पार्टी बन्ने गरी अघि बढ्नु पर्छ।’