पाचौँ राष्ट्रिय झण्डा दिवसकाे अवसरमा काठमाडौँमा झण्डा फहराउँदै र्‍याली

97

काठमाडाैँ । पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९ का अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले शुक्रबार काठमाडौँमा झण्डा फहराउँदै र्‍याली गरेकाे छ। हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज शुक्रबार काठमाडाैँकाे माइतीघरदेखि वसन्तपुसम्म र्‍याली गरिएकाे हाे।

र्‍यालीमा सहभागीहरूले राष्ट्रिय पाेसाक दाैरा/सुरुवाल लगाएका थिए भने हातमा नेपाली राष्ट्रिय झण्डा फहराएका थिए।

१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले बताए।

उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताए।

उनले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताएका हुन्। ‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ।’उनले भने,’झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो। राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्छ।’