काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएकाे जरिवाना मिनाहा गरिदिन निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।
स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले ताेकिएकाे ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयाेगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना ताेकेकाे थियाे ।
जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनकाे मेयर पद जानेछ । मेयर शाहले बुधबार आफूमाथि लागेकाे जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्। स्वतन्त्र उम्मेदवार शाहले चामत्कारिक मत हासिल गर्दै गत स्थानीय निर्वाचनमा मेयर पदमा विजय हासिल गरेका थिए।