काठमाडाैँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारत घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो। बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।













