काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेल साेमबार सम्पन्न भएकाे छ। महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ।
यो वर्ष पनि महानगरले काठमाडौँको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको हाे। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो।
प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए। जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए। तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।