काभ्रेपलाञ्चोकमा एमाले पहिलो शक्ति, माओवादी बन्यो चौथो

166

-रोजिना संजेल
काभ्रेपलाञ्चोक । मंसिर ४ गते सम्पन्न भएको संघीय र प्रदेश सभाको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेकपा एमाले पहिलो पार्टी बनेको छ ।संघ तर्फको दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ बिजय भएका थिए । क्षेत्र नं. २ मा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले जितेका छन् ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेश कुमार राईका अनुसार समानुपातिक तर्फ एमालेले ५८ हजार ७ सय ८४ मत ल्याएको छ । नेपाली काँग्रेस ४८ हजार ३ सय ११, राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ३ सय १८, चौथोमा पुगेको माओवादीले २५ हजार २ सय ६१ मत प्राप्त गरेको छ । त्यसैगरि पाँचौ नम्बरमा रहेको नेकपा समाजबादीले ८ हजार ९८ मत प्राप्त गरेको छ । छैटौ नम्वरमा राप्रपाले ६ हजार २ सय २१ मत प्राप्त गरेको छ । जिल्लामा १३ वटा स्थानिय तह रहेका छन् ।

काभ्रेमा प्रमुख दलले ल्याएको मत परिणाम

राजनीतिक दल-                     कुल मत जम्मा मत
नेकपा एमाले-                          ५८,७८४
नेपाली काँग्रेस-                         ४८,३११
राष्ट्रिय स्वतन्त्र पार्टी-                   २६,६१८
नेकपा माओवादी केन्द्र-               २५,२६१
नेकपा समाजबादी-                   ८,०९८
राप्रपा-                                ६,२२१