समानुपातिक मतगणना अपडेट : यस्ताे छ समानुपातिक मतको विवरण

84

काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५/१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी -जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

हेर्नुहोस् समानुपातिक मतको विवरण

 

दलको नाम   कुल मत     पाउने सिट   
नेकपा एमाले२५३०२१४३५
नेपाली कांग्रेस२३९६०९३३३
रास्वपा१०६२९८०१५
माओवादी केन्द्र१०६१२००१५
राप्रपा५४५१८८
जसपा३२४३१०
जनमत२६१२१५
एकीकृत समाजवादी२५१४७६
कुल सदर मत९८८९७१६११०