बर्दिया २ (ख)मा कांग्रेसका तिमिल्सेना निर्वाचित

63

काठमाडौँ । बर्दिया २ ख बाट नेपाली कांग्रेस प्रदेश सभा सदस्यमा जन्मजय तिमिल्सेना निर्वाचत भएका छन ।
आफना प्रतिस्पर्धीलाई पाँच हजार ६६ मतले पछि पादै उनी निर्वाचित भएका हुन । तिमिल्सिनाले १७ हजार २५० मत प्राप्त गरी विजय भएका छन । उनका निकतम प्रतिस्पर्धी प्रदेशी थारुले १२ हजार १८४ मत प्राप्त गरेका छन । नेपाल तरुण दलको पुर्व अध्यक्ष समेत रहेका तिमिल्सेना नेपाली कांग्रेस केन्द्रीय विभाग सदस्य र महासमिति सदस्य रहेर समेत काम गरेका थिए ।