दाङमा कांग्रेसका राजु खनाल विजयी

124

दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छैन । तर कार्यालय स्रोतले भने १ हजारभन्दा बढी मत अन्तरले राजु खनाल विजयी भएको जनायो । स्रोतका अनुसार राजु खनालले १५ हजार ६१६ र एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत पाएका छन् ।