काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।
कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ । कांग्रेसले भने जितलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।
कांग्रेसका विजयी उम्मेदवार
-
शेरबहादुर देउवा, डडेलधुरा
-
गगन थापा, काठमाडौं, ४
-
प्रदीप पौडेल, काठमाडौं ५
-
रमेश रिजाल, पर्सा ४
-
शंकर भण्डारी, तनहुँ २
-
हृदयराम थानी, सुर्खेत २
-
उदयशमशेर राणा, ललितपुर १
-
मोहन आचार्य, रसुवा
-
सन्तोष चालिसे, काठमाडौं ३
-
राजेन्द्रकुमार केसी, काठमाडौं १०
-
प्रकाशमान सिंह, काठमाडौं १
-
योगेश गौचन थकाली, मुस्ताङ
-
टेकबहादुर गुरुङ, मनाङ