समानुपातिक मतमा एमालेको अग्रता

71

काठमाडौं । प्रतिनिधिसभा तर्फ समानुपातिक निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको छ ।

दलप्राप्त मत
नेकपा एमाले६७,८४४
नेपाली कांग्रेस५८,८७१
राष्ट्रिय स्वतन्त्र पार्टी२९,६३५
माओवादी केन्द्र२६,६३३
राप्रपा१६,१८७
जनता समाजवादी पार्टी५,३०२
जनमत पार्टी५,२०४
नेपाल मजदुर किसान पार्टी४,१५९
एकीकृत समाजवादी२,९०६
नागरिक उन्मुक्ति पार्टी२८५९
अन्य१३,४२३