काठमाडाैँ । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिष्पर्धी सागर ढकाल भन्दा दाेब्बर मतले अगाडि छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेकाे डडेलधुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापती देउवाले ६ हजार ८८० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालले ३ हजार ६६६ मतले उनलाई पछ्याइरहेका छन् ।
देउवा र सागरबीच ३ हजार २१४ मतकाे अन्तर रहेकाे छ ।
यस्तै, नेपाली कांग्रेस विपीका उम्मेदवार कर्ण बहादुर मल्लले १ हजार ९३२ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ३१० मत प्राप्त गरेका छन् ।