काठमाडौं-८ मा विराजभक्त अग्रता, सुमन सायमी दोस्रो

70

काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले एकीकृत समाजवादीका श्रेष्ठलाई समर्थन गरेको छ ।