काठमाडौं । मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन हुदैं छ । ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइन्छ ।
यस पटक भोट हाल्न (मतदान)का लागि यी कुराहरु आवश्यक पर्दछ ।
१. पहिलो नम्बरमा तपाईँको नाम फोटो सहितको मतदाता नामावली हुनु पर्दछ ।
२. त्यसपछि तपाईँसंग मतदाता परिचय पत्र हुनुपर्दछ ।
३. मतदाता परिचय पत्र छैन भने नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा (फोटो भएको परिचय खुल्ने) भएपनि भोट हाल्न पाइन्छ ।
मतदान केन्द्रभित्र के गर्न पाइदैन
१. मोवाइल, झोला, सलाई लाइटर, चुरोट, सूर्तिखैनी, हातहतियार लान पाइदैन्
२. मध्यपान गर्न पाइदैंन, होहल्ला गर्न पाइदैन
कसरी गर्ने मतदान ?
-तोकिएको मतदाता नम्बर वा नामको सुरुको अक्षर अनुसार तोकिएको लाइनमा बस्ने,
-सुरक्षाकर्मी र खटिएका कर्मचारीको निर्देशन पालना गर्ने
-आफ्नो परिचय पत्र हातमा बोक्ने पालो आएपछि मतपत्र लिने, आफुले चाहेको चिन्हमा छाप लगाउने र अर्को चिन्हमा रंग नलाग्ने गरि मतपत्र पट्याउने तोकीएको बक्समा राख्ने
-यस पटक प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ रातो र समानुपातिक तर्फ कालो रंगको मतपत्र हुनेछ ।
-प्रदेशसभाको पनि सोही अनुसारको मतपत्र हुनेछ ।
-मत हालीसकेपछि बाहिर निस्कने ।