काठमाडौँ । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको छ । पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले दिएका जानकारी अनुसार मुलुकको पूर्वी प्रान्त पञ्जाबमा पछिल्लो समयमा डेंगुको प्रकोप बढेको पाइएको छ ।
पञ्जाबमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ । पञ्जाब प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।
करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजारभन्दा धेरै सङ्क्रमित भएका पाइएको छ ।
यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारबिहीन भएका छन् ।
बाढीपछिको फोहोर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण पाकिस्तानमा डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको पाकिस्तानको स्वास्थ्य विभागले जानकारी दिएको छ ।