ललितपुर महानगरमा भुसालको घरदैलो

62

ललितपुर । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताएका छन् ।

क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उनले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताए । आइतबार उनले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गरे ।

घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताए ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । उनले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सारेका छ । उम्मेदवार भुसालले भोलि बिहान ७ बजे कुपण्डोलबाट घरदैलो अभियान थाल्ने छन् ।